काठमाडौँ : प्रतिनिधि सभा बैठकमा विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय उठेको छ । प्रतिनिधि सभाको जारी बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नाइजेरियन महिलालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले गर्भवती बनाएको विषय उठाएका हुन् ।
मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले ती महिलालाई प्रेम जालमा पारेर गर्भवती बनाएर अलपत्र पारेर भागेको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
त्यो विषय सदनमा उठाउँदै सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो सदनमा स्पष्ट पार्न आग्रह गरिन् । ‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ । यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ,’सांसद विकले भनिन् ।
त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् । उनले विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् । उनले सदनलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी