बदाम स्वास्थ्यका लागि धेरै नै लाभदायक खानेकुरा हो । शरीरलाई आवश्यक स्वस्थ चिल्लोको पूर्तिका लागि नियमित बदाम खान सिफारिस गरिन्छ ।बदाममा स्वस्थ चिल्लोसँगै भिटामिन, प्रोटिन र खनिज जस्ता पौष्टिक तत्त्व पनि हुन्छन् । बदाम विशेष गरी म्याग्नेसियम र भिटामिन ई ले भरिपूर्ण हुन्छ । बदाममा कार्बोहाइड्रेडमा भने कम हुन्छ ।
दैनिक ५ वटा भिजेको बदाम एक महिनासम्म खाँदा हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पर्छ ?
दैनिक ५ वटा भिजेको बदाम खानुका फाइदाहरू ?
पाचनमा सहयोग गर्ने
बदाम खाँदा भेटमा अहसज लाग्न सक्छ, तर बदाम पाचनका लागि लाभदायक हुन्छ। भिजेको बदामले ट्यानिन र फाइटिक एसिड कम गर्छ, जसले गर्दा पाचनमा मद्दत गर्छ र पेट फुल्नबाट रोक्छ।
ऊर्जा स्तर बढाउने
बदाम तत्काल ऊर्जा दिने खानेकुरा हो । यसमा स्वस्थ चिल्लो, प्रोटिन र फाइबर हुन्छ, र दिनभरि बिस्तारै ऊर्जा निस्कन्छ । यसले दिनभरि स्थिर ऊर्जा स्तर कायम राख्छ।
छाला स्वस्थ राख्ने
बदाममा भिटामिन ई हुन्छ, जुन छालाका लागि एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले छालाका कोषहरूलाई जोगाउँछ र सूर्यको सम्पर्क वा प्रदूषणबाट हुने क्षतिलाई रोक्छ । यसले छालालाई सुख्खा हुनबाट बचाउँछ ।
मुटुको स्वास्थ्य सुधार
बदामले खराब कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । बदामको सेवनले राम्रो कोलेस्टेरोल बढ्द । कोलेस्टेरोल नियन्त्रणमा रहनु भनेको मुटुको स्वास्थ्यका लागि निधै राम्रो कुरा हो ।
स्मरणशक्ति बढाउँछ
बदाम स्मरणशक्ति बढाउन लाभदायक हुन्छ । यसमा रिबोफ्लेभिन हुन्छ, जसले मस्तिष्कको कार्य सुधार गर्न मद्दत गर्छ ।
तौल ठीक राख्न मद्दत गर्ने
बदाम पौष्टिक र उच्च क्यालोरी हुन्छ । यद्यपि, भिजेको बदाम खाँदा क्यालोरी कम हुन्छ, जसले पेट भर्ने मात्र होइन तर तृष्णा पनि कम गर्छ। यसमा रहेको फाइबरको मात्राले तौल कायम राख्न मद्दत गर्छ ।
३० दिनसम्म बदाम खानु किन राम्रो हो ?
बदामले तपाईंको स्वास्थ्यलाई मात्र सुधार गर्दैन यसले तपाईंको मस्तिष्कलाई पनि फाइदा पुर्याउँछ । त्यसैले, भिजेको बदामबाट आफ्नो दिन सुरु गर्नु स्वस्थ्य दैनिकी अपनाउनु हो ।
३० दिन वा एक महिनासम्म दैनिक पाँचवटा भिजेको बदाम खाँदा तपाईंको शरीरलाई बलियो बनाउन र तपाईंको मुड सुधार गर्न मद्दत गर्न सक्छ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी