logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान गर्दै

    ‘काठमाडौँ फिल्म फेस्टिभल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान गर्दै

    महिला मुक्ति
    ३ जेष्ठ २०८३
    324
    Shares

    काठमाडौँ , काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन त्यसतर्फ जाने भएकी छिन् । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले उनी फ्रान्स जान लागेकी हुन् ।

    भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै काईवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेन्डा रहेको बताइन्। अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीय स्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’ समेत आयोजना गर्ने तयारी गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com