काठमाडौँ , देशका विभिन्न भागमा परेको वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा मुख्य राजमार्गहरूमा अवरोध सिर्जना भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही खण्डहरूमा यातायात प्रभावित भएको छ ।कोशी प्रदेशमा भोजपुर, संखुवासभा र इलाममा सडक अवरुद्ध भएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा वैशाख १२ गतेदेखि बाढीका कारण बाटो प्रभावित भएको छ । हाल त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ ।
कोशी राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ नयाँबस्तीमा वैशाख २३ गते राति गएको पहिरोका कारण बाटो अवरुद्ध भएको थियो । आज बिहान ५ बजेदेखि बाटो एकतर्फी सञ्चालनमा आएको छ ।
निरन्तर वर्षाका कारण इलामको सलकपुर खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको जानकारी दिइएको छ ।
काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गमा बाढीको जोखिम कायमै छ । यद्यपि यो सडक आजदेखि सञ्चालनमा आएको छ ।कर्णाली प्रदेशमा सल्यान जिल्लाको सडक खण्डमा सुधार आएको छ । पहिरोका कारण अवरुद्ध भएको सल्ली–चौरजहारी सडक खण्ड (कुमाख–२, खारखोला) आज बिहान ७.४५ बजेदेखि पूर्ण रूपमा सुचारु भएको छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी