logo
  • मंगलबार, ११ कार्तिक २०८३
    • ट्रेन्डिङ

    रातो मच्छिन्द्रनाथ रथ आज लगनखेल पुर्‍याँईदै

    रातो मच्छिन्द्रनाथ रथ आज लगनखेल पुर्‍याँईदै

    महिला मुक्ति
    १३ बैशाख २०८३
    513
    Shares

    काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथ आज लगनखेल पुर्‍याँईदैछ। बैशाख ९ गते पुल्चोकबाट तानेर औपचारिक रूपमा सुरु भएको रथ आज लगनखेल पुर्‍याइने भएको हो। यसअघि हिजो सुनधाराबाट तानेर चाःबहाल लगिएको थियो। हरेक वर्ष मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याएपछि महाबली पूजा गरिन्छ। त्यसपछि साइत हेरेर रथको टुप्पोबाट नलिवल खसाल्ने प्रचलन छ। १६ गते नलिवल खसाल्ने साइत रहेको जात्रा व्यवस्थापन समितिले जनाएको छ। नरिवाल खसाल्ने पर्व मनाएपछि महिलाले मात्रै रथ तान्ने गर्छन । रथ लगनखेल इटीटोल हुदै जावालाखेल पुर्‍याएपछि भोटो देखाउने जात्रा गरेपछि समापन हुन्छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to mahilamukti.com