logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    २७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

    २७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

    महिला मुक्ति
    १२ बैशाख २०८३
    279
    Shares

    काठमाडौँ , सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको छ ।महानगरपालिकाले प्रहरीको सहयोगमा बस्ती भत्काएपछि त्यहाँका २७ परिवारका ८९ जनालाई अस्थायी शिविरमा स्थानान्तरण गरिएको जनाएको छ ।

    सुरुमा शनिबार बिहान थापाथलीमा डोजर तथा स्काभेटर चलाएर बस्ती खाली गराइएको थियो । त्यसपछि प्रहरी तथा काठमाडौँ महानगरको टोली गैह्रीगाउँस्थित सुकुमबासी बस्ती भत्काउन पुगेको थियो, जहाँ अहिले पनि बस्ती खाली गराउने काम जारी छ ।

    डोजर चलाएर घरटहरा भत्काइएपछि दुवै स्थानमा रहेका सुकुमबासीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ । महानगरका अनुसार थापाथली र गैह्रीगाउँ दुवै स्थानका हालसम्म २७ परिवारका ८९ जनालाई सुन्दरीघाट राधास्वामी सत्संग आश्रममा पुर्‍याइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com