काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्।
उनले केराको बजार मूल्य र किसानले पाउने मूल्यबिचको ठुलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत खुलापत्रमा शाहीले बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद अवस्था भएको उल्लेख गरेका छन् । ुउत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था अन्यायपूर्ण छ,ु उनले लेखेका छन् ।
उनका अनुसार यस समस्याको प्रमुख कारण बिचौलियाको अत्यधिक प्रभाव हो । किसानबाट सस्तोमा खरिद गरी विभिन्न तह पार गर्दै उपभोक्तासम्म पुग्दा मूल्य अस्वाभाविक रूपमा बढिरहेको उनले लेखेका छन् । किसानहरू सीधै बजारसम्म पहुँच राख्न नसक्दा बिचौलियामा निर्भर हुन बाध्य भएको पनि उनले उल्लेख गरेका छन् ।
शाहीले यो समस्या केवल केरा बालीमा सीमित नभई समग्र कृषि प्रणालीकै कमजोरीको संकेत भएको बताएका छन् । ुयदि यस्ता समस्या समाधान गरिएन भने किसानहरू कृषि पेसाबाट निरुत्साहित हुने र देशको खाद्य सुरक्षा नै संकटमा पर्न सक्छ,ु खुलापत्रमा भनिएको छ ।उनले सरकारसँग केराका बिचौलियामाथि कडा कारबाही गर्न, किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि बजार प्रणालीमा सुधार ल्याउन माग गरेका छन्। ुकिसानको पसिनाअनुसारको मूल्य सुनिश्चित गर्नु राज्यको दायित्व हो,ु उनले जोड दिएका छन् ।
शाहीले अन्त्यमा यस गम्भीर विषयमा सरकार चाँडै संवेदनशील भई प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी