logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    केरा महँगिँदा सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न थाले..

    केरा महँगिँदा सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न थाले..

    महिला मुक्ति
    ६ बैशाख २०८३
    297
    Shares

    पछिल्लो समय केराको मूल्य अस्वाभाविक वृद्धि भएको छ । जसका कारण सर्वसाधारणदेखि सांसदसम्मले केराको मूल्यलाई लिएर कटाक्ष गर्न थालेका छन् ।

    यसैबिच सत्तापक्षकै एक सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निर्वाचित सांसद आशिका तामाङले आइतबार फेसबुकमा कटाक्ष गर्दै लेखिन्,‘ केरा नै केरा फल्ने देशमा एक दर्जनको रु. ३५०’ ।सस्तो, सुलभ र स्वास्थ्यवर्द्धक मानिने यो फल अहिले उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्म पुगेको छ । केही महिना अघिसम्म प्रतिदर्जन १२० देखि १५० रुपैयाँमा पाइने केराको मूल्य ह्वात्तै बढेको हो ।

    सरकारले केरामा देखिएको अस्वाभाविक वृद्धि नियन्त्रण गर्नुपर्ने सर्वसाधारणको माग छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com