काठमाडौँ : नेपाल प्रसूती तथा स्त्रीरोग विशेषज्ञ समाजको १५औँ सम्मेलन काठमाडौँमा जारी छ । सम्मेलनमा देश तथा विदेशका पाँच सयभन्दा बढी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सहभागी भएका छन् ।
पूर्वस्वास्थ्य मन्त्री डा सुधा शर्माले सम्मेलनबाट आएका निष्कर्षले महिलाको स्वास्थ्य उपचार, गुणस्तर नविनता, दीगोपना तथा अनुसन्धानमा थप योगदान दिने बताइन् ।
समाजका अध्यक्ष प्राडा पदमराज पन्तले सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी विशेषज्ञहरूलाई स्वागत गर्दै प्रसूति तथा स्त्रीरोगका बारेमा विभिन्न देशमा गरिएका खोज, अनुसन्धान तथा उपचारसम्बन्धी ज्ञानको दायरालाई फराकिलो पार्ने विश्वास व्यक्त गरे ।
समाजका पूर्वअध्यक्ष डा। धनबहादुर रानामगरले सम्मेलनमा प्रसूति रोगसँग सम्बन्धित उपचार पद्धति, यसका बारेमा अध्ययन अनुसन्धानका निस्कर्षहरूलाई साझा गर्ने तथा समस्या पहिचान गरी समाधनका उपाय खोज्ने अवसरका रूपमा लिइएको बताए । सम्मेलनमा प्रसुति तथा स्त्रीरोगसम्बन्धी २०० जना वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।
– रासस
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी