logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृ त्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृ त्यु

    महिला मुक्ति
    २९ चैत्र २०८२
    297
    Shares

    काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । काठमाडौँ, सङ्खुवासभा, दोलखा, तनहुँ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।काठमाडौँको दक्षिणकाली नगरपालिका–८ चुत्राघारी पानी घाटस्थित सडकमा वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको हो ।त्यस्तै, कैलालीको कैलारी गाउँपालिका–१ हसुलियास्थित सडकमा सु।प।प्र।०१–००१ च ३७५३ नम्बरको बलेरोले बा।२६ प,३०२७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ घर भएका २२ वर्षीय राम मिलन चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com