काठमाडौं : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।
विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अन्य स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र (इन्स्टिच्युट) तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाईन फारम भरिन्छ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार-प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने कार्य बन्द गर्न आग्रह गरेको हो ।
श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेकोमा सो काममा भ्रम श्रृजना गर्ने गरी हुने गरेका यस्ता लेखन तथा प्रसार तत्काल बन्द गर्न तथा उपरोक्त अनुसारको प्रचार प्रसार गर्ने बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन लगायतको सामाग्री चैत्र ३० गतेसम्म हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई यसै सूचनामार्फत निर्देशन दिएको छ । विभागले सो समयसम्म त्यस्ता बोर्ड नहटाएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी