काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् ।
राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपाले पनि समर्थन गरेको छ ।
राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन् । श्रम संस्कृतिकी रुबीको प्रस्तावक पार्टीका सांसद आरेन राई छन् भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गरेका छन् ।
उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने लगभग निश्चितजस्तै छ । सत्तारुढ दल रास्वपासँग एक्लै झन्डै दुई तिहाइ मत छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी