काठमाडौँ , नेकपा एमालेको आकस्मिक सचिवालय बैठक झन्डै ४ घण्टादेखि जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादलले संसदमा बिहीबार दिएको अभिव्यक्तिबारे मुख्य रूपमा छलफल भइरहेको बताइएको छ ।‘त्यसबाहेक अन्य विषयहरूमा पनि छलफल भइरहेको छ’, एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले भने, ‘झन्डै ४ घण्टादेखि बैठक जारी नै छ ।’बैठक दिउँसो १ बजे सुरु भएको हो । उपाध्यक्ष तथा संसदीय दलका नेता थापाले प्रतिनिधि सभाको बिहीबार बसेको पहिलो बैठकमा फागुन २१ को निर्वाचनमा सेना, कर्मचारीसहित देशी विदेशी सङ्घ–संस्थाले समेत रास्वपालाई विजयी गराउन निर्णायक भूमिका खेलेको तथ्यहरूले देखाएको बताएका थिए ।बादलको उक्त अभिव्यक्तिप्रति पार्टीकै नेता कार्यकर्ताहरूले चर्को विरोध गरेका थिए । त्यसबारेमा सचिवालयमा छलफल हुने अर्का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत जनाएका थिए
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी