logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने, राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ?

    पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने, राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ?

    महिला मुक्ति
    १४ चैत्र २०८२
    333
    Shares

    काठमाडौँ , पूर्वगृहमन्त्री रमेश लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ।
    लेखकले आफूलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका कारण पक्राउ गरिएको भन्दै कानुनी लडाइँ लड्ने बताएका छन्।
    गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने र पक्राउ न्यायको सुरुवात भएको बताएका छन्।
    काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै त्यसको राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्। शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्।उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ। यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।’ मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए। ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com