सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।
सर्वोच्च जनसभामा नीतिगत सम्बोधन गर्दै किमले शत्रु शक्ति विरुद्धको सङ्घर्षलाई अझ आक्रामक बनाउने बताउनुभयो । उहाँले संविधानले दिएको जिम्मेवारी अनुसार आत्मरक्षात्मक आणविक प्रतिरोधलाई अझ विस्तार र सुदृढ बनाइने स्पष्ट पार्नुभयो । उहाँका अनुसार उत्तर कोरिया अब आणविक शक्ति त्याग्ने दिशामा कहिल्यै जाने छैन ।
किमले अमेरिकाले इरानमाथि गरेको सैन्य कारबाहीलाई ‘राज्य आतङ्कवाद’ को उदाहरणका रूपमा उल्लेख गर्दै विश्वव्यापी रूपमा शक्ति प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो । संयुक्त राज्य अमेरिका र इजरायलले भने इरानमाथिको आक्रमण आणविक हतियार विकास रोक्नका लागि भएको दाबी गर्दै आएका छन्, तर तेहरानले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ ।
वर्षौको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कूटनीतिक अलगावका बाबजुद उत्तर कोरियासँग दर्जनौँ आणविक हतियार र थप उत्पादन गर्न सक्ने सामग्री रहेको अनुमान गरिएको छ । यसले ठोस इन्धनयुक्त अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्रसहित उन्नत प्रक्षेपण प्रणाली विकास गरेको छ, जसले कम समयमै प्रहार गर्न सक्ने क्षमता राख्दछ । उत्तर कोरियाले हालसम्म छ वटा परमाणु परीक्षण गरिसकेको छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी