काठमाडौँ । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको छ । अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । बीबीसीले अधिकारीहरूको अवाला दिँदै दुर्घटनामा कम्तिमा पनि ६६ जनाको मृत्यु भएको र दर्जनौं मानिसहरू घाइते भएका समाचारमा उल्लेख गरेको छ ।
वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् । दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी–१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई आहोर–दोहोरमा हुँदै आएको थियो ।
विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ ।
कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले भनेका छन्, ‘हरक्युलस सी–१३० ट्रान्सपोर्ट विमान प्युर्तो लेगुइजामोबाट उडान भर्ने क्रममा दुःखद दुर्घटनामा परेको छ । जसमा हाम्रो सुरक्षा बलका टुकडीहरू सवार थिए ।’ उनले पेरूको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । साञ्चेजलाई उद्धृत गर्दै बीबीसीले विमानमा आगो लागेका काराण विमानमा राखिएका गोला–बारूद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी