काठमाडौँ , नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उपसभापति विश्व प्रकाश शर्मालाई बुझाएको राजीनामा अझै केन्द्रीय कार्यालय सानेपामा दर्ताका लागि पुगेको छैन। सभापति थापाले बुधबार साँझ उपसभापति शर्मालाई राजीनामा बुझाएको थापाका एक सहयोगीले जानकारी दिए। तर शर्माले दर्ता गर्नका लागि तोक लगाएका छैनन् ।काङ्ग्रेसको विधानमा सभापतिले उपसभापति समक्ष राजीनामा बुझाउने र उपसभापतिले केन्द्रीय कार्यालयमा दर्ता गर्न भन्ने छ । यसरी आएको राजीनामा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने प्रावधान छ। अहिले सभापति थापाले राजीनामा बुझाए पनि शर्माले तोक लगाएर दर्ताका लागि आदेश दिई नसकेको थापाका एक सहयोगी नेताले जानकारी दिए।ती नेताले रातोपाटीलाई दिएको जानकारी अनुसार शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगावै थापाको राजीनामा पत्र केन्द्रीय कार्यालयमा दर्ता हुनेछ र उपसभापति शर्माले सभापतिको राजीनामा आएकोले छलफल गर्ने प्रस्ताव पेस गर्नेछन्।फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्। चैत ६ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान भएपछि थापाले राजीनामा दिएका हुन्।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी