परासी , निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार फागुन ५ गते साँझ बर्दघाट नगरपालिका वडा नं। १२ जमुनियामा चुनावी अभियानमा रहेका उम्मेदवार हरिजनमाथि अपरिचित व्यक्तिहरूको समूहले हातपात गरी फरार भएका थिए।
उक्त घटनाको प्रारम्भिक सूचना र खोजीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र अस्थायी प्रहरी पोस्ट भटौलियाको संयुक्त टोलीले फरार अभियुक्तहरूलाई उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।प्रहरीले फागुन ६ गते राति ११ बजेको समयमा बर्दघाट नगरपालिका वडा नं। १३ धनेवा बस्ने २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राज वि।सी। भन्ने राम मिजारलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएका छन्।उम्मेदवारमाथि अभद्र व्यवहार गरी फरार रहेका उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ। पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।यसअघि बर्दघाट –१३ धनेवाका ३१ वर्षीय अजय गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । उम्मेदवार हरिजनले आफूहरू रास्वपाको कार्यकर्ता भन्दै मादक पदार्थ सेवन गरेर आएका १०–१२ जना युवाहरूको समुहले आक्रमण गरेको आरोप लगाएका छन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी