एजेन्सी , हङकङका चर्चित सञ्चार उद्यमी तथा बेइजिङका कडा आलोचक ७८ वर्षीय जिम्मी लाइलाई सोमबार २० वर्षको जेल सजाय सुनाइएको छ। सन् २०२० मा बेइजिङले हङकङमा लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत लाइलाई यो कठोर सजाय दिइएको हो।हङकङमा खुम्चिँदै गएको स्वतन्त्रताको पक्षमा र चिनियाँ सरकारको विरुद्धमा आवाज उठाउँदै आएका अर्बपति लाइलाई गत डिसेम्बरमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित दुईवटा मुद्दा र एउटा राजद्रोहको मुद्दामा दोषी ठहर गरिएको थियो। अहिले बन्द भइसकेको लोकतन्त्र पक्षधर पत्रिका एप्पल डेलीका संस्थापक लाइ लामो समयदेखि बेइजिङका लागि टाउको दुखाइको विषय बनेका थिए।
उनले हङकङको अवस्थाबारे अमेरिकी उच्च अधिकारीहरूसँग पनि संवाद गर्ने गरेका थिए। बेइजिङ र हङकङ सरकारले लाइको अभियोग र जेल सजायलाई लिएर भइरहेको अन्तर्राष्ट्रिय आलोचनालाई अस्वीकार गरेका छन्।यो मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्ने आरोपलाई उनीहरूले खारेज गर्दै आएका छन्। झण्डै चार वर्ष लामो कानुनी लडाइँपछि लाइलाई सुनाइएको छ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क