सिरहा , ७८ वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।
स्थानीयवासीहरु भन्दथे, अब यो उमेरमा के नागरिकता बनाउँछौ आमा र ? तर यादवलाई ‘अनागरिक’ भएर मर्ने इच्छा थिएन । बुधबार जब सिरहाको जिल्ला प्रशासन कार्यालयबाट उनले आफ्नो नागरिकताको प्रमाणपत्र प्राप्त गरिन्, उनका आँखा रसाए । हर्ष र बेदना एकैपटक छचल्कियो । यो केवल एउटा कागजको पाना थिएन, उनको आठ वर्षको संघर्ष र तिरस्कारपछिको विजय थियो ।
औरही गाउँपालिका–३ पिपरामा जन्मिएकी यादवले २०२३ सालमा नवराजपुर–४ का बौवेलाल यादवको कान्छी श्रीमतीका रूपमा भित्रिएकी थिइन् । जेठी श्रीमतीका चार छोरी भए पनि कपलेश्वरीका आफ्नै सन्तान भएनन् । २०३१ सालमा श्रीमानको निधन भएपछि उनी सहाराविहीन भइन् ।आफ्ना नातेदार र माइतीतर्फका दाजुभाइ सबैको वंशजको नागरिकता भए पनि कपलेश्वरी भने नागरिकताको मूल ढोकामै रोकिएकी थिइन् । श्रीमानको मृत्युपछि उनले अदालतमा ‘हक कायम’ मुद्दा लडेर अंश जितिन्। अंश मुद्दा जितेर साढे ११ धुर जग्गा त पाइन्, तर त्यही जग्गाको लालपुर्जा र आफन्तका सबै प्रमाण हुँदाहुँदै पनि उनले नागरिकता पाउन सकिनन् ।
माइतीले दिएको ६ कट्ठा जग्गा पनि उनकै नाममा थियो, विडम्बना १ नागरिकता नहुँदा न उनले त्यो जग्गा बेचबिखन गर्न पाइन्, न आफूलाई बुढेसकालमा पाल्ने नातिको नाममा नामसारी गर्न नै सकिन् । उनको बाटोमा तगारो बनेका थिए, गाउँकै जनप्रतिनिधि । वडा कार्यालयले सिफारिस दिन पटक–पटक इन्कार गरिरह्यो ।
उनीमाथि ‘स्थानीय बासिन्दा नै नभएको’ झुटो मुद्दासमेत हालियो । आफ्नै गाउँमा पराई जस्तो हुनुपर्दाको पीडा सुनाउने ठाउँ कतै थिएन,ु ती दिन सम्झँदै उनका नाति रामपरीक्षण यादव भन्छन् । रासस
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी