कास्की , प्रतिनिधिसभा सदस्यका लागि मङ्गलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन् ।जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ राजनीतिक दलका उम्मेदवारसँगै छ जना स्वतन्त्र उम्मेदवार गरी ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वडाबाट चुनाव लक्षित भेटघाट तथा छलफल थालेको छ । एमालेले कास्की क्षेत्र नं १, २ र ३मा क्रमशः बैनबहादुर अधिकारी क्षेत्री, रश्मी आचार्य र दामोदर बैरागाीलाई उम्मेदवार बनाएको छ ।नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तासँगै चुनाव केन्द्रित छलफललाई सघन बनाएको छ । कांग्रेसले क्षेत्र नं १, २ र ३ मा क्रमशः तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुुरुङलाई उम्मेदवार बनाएको छ ।नेपाली कम्युनिष्ट पार्टीले चुनावको तयारीस्वरुप आज उम्मेदवार एवं जिल्लामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल गर्ने बताएको छ । पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी तथा उम्मेदवारले घरदैलो थाल्ने छन् ।
नेकपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः राजकाजी गुरुङ, हेमबहादुर थापा पराजुली र गोपाल गिरीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को आज यहाँ बैठक हुँदैछ । रास्वपाले क्षेत्र नं १, २ र ३ मा क्रमशः खड्गराज पौडेल, उत्तमप्रसाद पौडेल र बिना गुरुङलाई प्रत्याशी बनाएको छ ।रासस
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी