एजेन्सी , उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधारको कुनै सम्भावना नरहेको बताएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ ऊनकी बहिनी किम यो जोङले सम्बन्ध सुधारको सम्भावनालाई अस्वीकार गरेकी हुन् ।
सीमा क्षेत्रमा ड्रोन उडाइएको घटनापछि दक्षिण कोरियाले संवादको सम्भावना रहेको संकेत गरेको थियो । किम उत्तर कोरियाको सत्तारुढ वर्कस पार्टीकी उच्च तहकी सदस्य हुन् ।
ड्रोन घटना उत्तर कोरियाको सार्वभौमिकतामाथिको गम्भीर उक्साहट भएको दाबी गर्दै जोङले सम्बन्ध सुधारसम्बन्धी दक्षिण कोरियाका कुनै पनि आशा पूरा नहुने बताइन् । सेप्टेम्बर र डिसेम्बरका केही दिन सीमावर्ती क्षेत्रमा ड्रोन उडेका थिए । ती ड्रोन दक्षिण कोरियाले पठाएको उत्तरको आरोप छ ।
उत्तर कोरियाले सीमावर्ती क्षेत्रमा खसालिएका भनिएका ड्रोनका तस्बिर समेत सार्वजनिक गरेको छ । यो घटनापछि दक्षिण कोरियाले छानबिन गरेको थियो । ती ड्रोन आफ्ना सेनाले प्रयोग नगर्ने मोडेलको भएको उसको भनाइ छ ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी