logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सिन्धुलीको एसबीआई बैंकबाट नगद लुटेको आरोपमा ……

    सिन्धुलीको एसबीआई बैंकबाट नगद लुटेको आरोपमा ……

    महिला मुक्ति
    ३० पुष २०८२
    333
    Shares

    काठमाडौँ ,सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–२ मा सञ्चालित एसबिआई बैंकको शाखामा लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । घ्याङलेख गाउँपालिकाको १ नम्बर वडाबाट चार जनालाई पक्राउ गरिएको छ ।

    लुटपाटमा प्रयोग भएको बोलेरो गाडी पनि प्रहरीले बरामद गरेको छ । बैंकको शाखा कार्यालयबाट ३ करोड १० लाख लुटपाट भएको छ । मंगलबार साँझ लुटेराहरूले बैंकका सुरक्षा गार्डलाई आक्रमण गरेर नगद लुटेर भागेका हुन् । पक्राउ पर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com