logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित

    अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित

    महिला मुक्ति
    २७ पुष २०८२
    342
    Shares

    बागलुङ , ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो बढी पानी जम्न थाल्दा पनि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी मारमा परेका छन् ।

    चिसो बढेपछि स्थानीय बासिन्दा बँेसी झर्न थालेसँगै केही विद्यालयले तलतिरै पठनपाठन सुरु गरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालयले साबिककै स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थी मारमा परेका हुन् ।

    ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अत्यधिक चिसोका कारण बिरामी भई पठनपाठन प्रभावित भएको छ ।

    ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैका अनुसार बिहान बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पठनपाठन प्रभावित बनेको छ । चिसोका कारण हिजोआज स्थानीय धारा र खोलाको पानी जमेको छ । गत वर्ष पुस पहिलो साता माघ अन्तिमसम्म विद्यालय बिदा हुने गरेकामा यस वर्ष पालिकाको क्यालेन्डरअनुसार चल्दा समस्या सिर्जना भएको हो ।

    चिसोका कारण हातखुट्टा कठ्याङ्ग्रिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । एसइई पनि नजिदै गरेको भन्दै जाडोले गर्दा विद्यालय जान आउनसमेत गाह्रो हुने गरेको उनको भनाइ छ ।

    जाडोका कारण पुस महिना लागेपछि दुई÷तीनपटक बिरामी परेको विकले सुनाइन् । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको आफ्नो विद्यालयमा अहिले १६८ विद्यार्थी रहेको प्रधानाध्यापक अदैले जानकारी दिए।

    यसैबीच ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटाले विद्यालयहरूसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com