एजेन्सी , रिमेक गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्टका अनुसार, जुन २७ को राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको मृ त्यु भएको हो।
मुम्बई प्रहरीले यस मुद्दामा आफ्नो अनुसन्धान सुरु गरेको छ। फोरेन्सिक टोली शेफाली जरीवालाको घरमा पुगेको छ र प्रमाण सङ्कलन गरिरहेको छ। साथै, घरमा काम गर्ने कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेसनमा सोधपुछ गरिएको छ। परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ।
स्रोतका अनुसार, शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृ त घोषित गरेका थिए।
अस्पतालका कर्मचारीले शेफाली जरीवालालाई मृत अवस्थामा अस्पताल ल्याइएको पुष्टि गरेका छन्। उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ।
शेफाली जरीवालाले सन् २००४ मा मित ब्रदर्सका सङ्गीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन्। सन् २००९ मा दुवैको सम्बन्ध विच्छेद भयो। त्यसपछि उनले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन्।
शेफाली जरीवालाले १९ वर्षको उमेरमा ुकाँटा लगाु म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो। यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिचेको थियो।
यसपछि उनले केही थप संगीत एल्बम र चलचित्रहरूमा काम गरिन्। सन् २००४ मा उनी सलमान खान र अक्षय कुमारको चलचित्र ‘मुझसे शादी करोगी’ मा पनि देखिइन्। यसबाहेक उनी कन्नड चलचित्रहुडुगारूु मा पनि देखिइन्। शेफालीले धेरै डान्स रियालिटी सोहरूमा भाग लिइन्। साथै, उनी आफ्ना पति पराग त्यागीसँगनच बलियेु मा पनि देखिइन्।
शेफाली जरीवालाले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन् जहाँ उनी आफ्नो पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग राम्रो सम्बन्ध बनाएको देखिएकी थिइन्। सिद्धार्थ शुक्लाको पनि सन् २०२१ मा हृदयाघातका कारण मृ त्यु भएको थियो।
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क
-
चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले गरे पदभार ग्रहण
-
भोटेकोशी बाढी : निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
-
आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो
-
शुक्रवारदेखि इबोलाविरुद्धको खोप परीक्षण सुरु
-
बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
-
बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्
-
शनिबार ४७० सवारीसाधन कारबाहीमा
-
हुथी विद्रोहीद्धारा : साउदीका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी