काठमाडौँ : अमेरिकाले इरानसँगकाे जारी युद्धमा खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर अर्थात ६६ खर्ब ७५ अर्ब रुपैयाँ भन्दा बढी पुगेको जानकारी गराएकाे छ । अमेरिकी सेन्ट्रल कमाण्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमान अनुसार यहि सेप्टेम्बर ३ सम्ममा इरान युद्धमा यति धेरै अमेरिकी सैन्य खर्च भएको समाचार संस्था एपीले जनाएको हाे । अमेरिका र इजरायलले गत फेब्रुअरी २८ तारिखमा इरानविरुद्ध सैन्य कारबाही शुरू गरेयता युद्धको आर्थिक भार निरन्तर बढिरहेको छ। पछिल्लो अनुमानले केही हप्तामै अमेरिकी सैन्य खर्च उल्लेखनीय रूपमा बढेको देखाएको हाे । यसअघि अमेरिकी कंग्रेसनल बजेट कार्यालयले अगस्ट १ सम्ममा इरान युद्धमा ३८ अर्ब अमेरिकी डलर खर्च भइसकेको अनुमान सार्वजनिक गरेको थियो । युद्धको तीव्रता कायम रहेमा हरेक महिना करिब ३ अर्ब अमेरिकी डलर वा त्यो भन्दा बढी खर्च हुन सक्ने पनि कार्यालयले जनाएको थियो ।
पछिल्लो विवरण अनुसार अमेरिकी सेनाको कूल खर्च मध्ये सबै भन्दा ठूलो हिस्सा हतियार तथा क्षेप्यास्त्रमा भएको छ । हतियारको खर्च मात्रै २८ अर्ब १० करोड अमेरिकी डलर पुगेको हाे। गत अगस्ट १ तारिखसम्मको अघिल्लो अनुमानमा हतियारका लागि २१ अर्ब ७० करोड डलर खर्च भएको उल्लेख थियो । त्यसको तुलनामा पछिल्लो अनुमानमा हतियारको खर्च ६ अर्ब ४० करोड डलरले बढेको छ । – एजेन्सी
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी