logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

    मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

    महिला मुक्ति
    ५ भाद्र २०८३
    189
    Shares

    काठमाडौं : नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
    दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा. श्रेष्ठसँग काउन्सिलको नियमन, परीक्षा, चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ।
    डा. श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन् ।उनी सन् २०१४(२०१६ मेडिकल काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए । काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारीमा रहेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com