काठमाडौं : कांग्रेसको शेरबहादुर देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ।
तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले धर्मबारे आफ्नो धारणा बाहिर ल्याएको हो। यसअघि नेपाल धार्मिक स्वतन्त्रता भनेर सिधा बोल्दै आएको कांग्रेसभित्र यो समूहले सम्मेलनमार्फत् केही व्याख्या गरेर सनतन धर्मको कुरा उठाएको छ।
‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालम रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ’ देउवा समूहले पारित गरेको प्रस्तावमा छ।
भेलामा शेरबहादुर देउवाले आफू हिन्दू भएको र तर सबै धर्म मान्ने स्वतन्त्रतालाई सम्मान गर्ने बताए।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी