काठमाडौँ : यमनको तटीय क्षेत्रनजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन् । विस्फोटक पदार्थले भरिएको एउटा सुसाइड बोट जहाजमा ठोक्किएको हाे। त्यसपछि जहाज डुबेको जनाइएकाे छ । यद्यपि, जहाजमा सवार सबै १३ जना भारतीय नागरिकलाई सकुशल उद्धार गरिएको हाे । भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर–ए–औलिया’नामक जहाजमाथि भएको आक्रमणको कडा भर्त्सना गरेको छ ।
विदेश मन्त्रालयले साउदी अरेबियाको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर अनुगमन गरिरहेको जनाएकाे हाे । जहाजका चालकदल सदस्यहरूको सुरक्षा सुनिश्चित गर्न यमनका सम्बन्धित अधिकारीहरूसँग समन्वय र सहकार्य गरिरहेको मन्त्रालयले जानकारी गराएकाे छ। – एजेन्सी
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी