काठमाडौँ : इरानले समुद्री नाकाबन्दी नरोकिए विश्वको तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाद्वारा आफ्ना दक्षिणी बंदरगाहहरूमा लगाइएको समुद्री नाकाबन्दी जारी रहेमा त्यसले विश्वभरको ऊर्जा तथा तेल आपूर्तिमा गम्भीर असर पार्ने चेतावनीदिएको छ।
परिषद्ले नाकाबन्दी नरोकिए होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण अझ कडा पारिने चेतावनी दिएको छ। साथै, यसबाट अन्य सामुद्रिक मार्गहरू पनि प्रभावित हुन सक्ने संकेत गरिएको छ । यद्यपि, जारी गरिएको वक्तव्यमा अन्य कुनै पनि स्ट्रेटको नाम भने खुलाइएको छैन। ‘अल जजीरा’का अनुसार इरानको यो संकेत बाब अल-मंदेब स्ट्रेट र गल्फ अफ एडेनतर्फ रहेको मानिएको छ, जहाँ तेहरानका निकटतम सहयोगी मानिने हुथी विद्रोहीहरूको बलियो प्रभाव रहेको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आफूलाई अब कुनै पनि किसिमको विश्वास नरहेको स्पष्ट पारेका छन्। क्याम्प डेविडमा आयोजित मन्त्रिपरिषद्को बैठकका क्रममा ट्रम्पले भने, ‘इरानले झूट बोल्छ, गलत जानकारी दिन्छ। उनीहरू वार्ताको कुरा त गर्छन्, तर बारम्बार आफ्ना वाचाबाट पछि हट्छन्।’
यद्यपि, ट्रम्पले दुई देशबीचको वार्ता भने अझै पूर्ण रूपमा नटुटेको र जारी रहेको खुलाएका छन्। अर्कातर्फ, इरानका एक वरिष्ठ अधिकारीले यदि अमेरिकाले सैन्य आक्रमण गरेमा त्यसको पूर्ण तयारीका साथ कडा जवाफ दिइने चेतावनी दिएका छन्। उनका अनुसार इरानको प्रतिआक्रमणमा अमेरिका र इजराइलका महत्त्वपूर्ण सैन्य ठेगाना तथा पूर्वाधारहरू मुख्य निशाना बन्नेछन्। – एजेन्सी
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी