काठमाडौँ : अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का प्रवक्ता सीन पार्नेलले जुलाई ७ यता इरानले गरेका जवाफी आक्रमणमा आफ्ना १०० सैनिक घाइते भएको स्वीकार गरेको छन्। उनले भनेका छन्, ‘ती सैनिक जुलाई ७ पछि भएका आक्रमणमा घाइते भएका हुन्। यीमध्ये ९६ जना निको भएर ड्युटीमा फर्किसकेका छन्।’ उनले थपे,‘धेरैजसोलाई टाउकोमा सामान्य चोट लागेको थियो।’
न्युयोर्क टाइम्सले अमेरिकाको रक्षा मन्त्रालयले इरानसँगको युद्धमा घाइते भएका अमेरिकी सैनिकको जानकारी लुकाएको भनी रिपोर्ट प्रकाशन गरेपछि पेन्टागनका प्रवक्ताले यससम्बन्धी तथ्यांक सार्वजनिक गरेका हुन्।
यसैबिच अमेरिका र इरानबिच हानाहान जारी छ। सोमबार राति पनि इरानले अमेरिकी सैन्य अड्डा रहेका देशमा हमला गरेको छ। जसको जवाफमा अमेरिकाले मंगलबार बिहान इरानका नौ सहरमा हवाई आक्रमण गरेको छ।
इरानको श्रम समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानका अबदान, बन्दर अब्बास, बन्दर लेन्गेह, बुसेहर, चाबहार, केसम टापु, सिरिक, सिराज र कोनारकमा हमला गरेको हो।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी