logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

    साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

    महिला मुक्ति
    २५ असार २०८३
    126
    Shares

    ललितपुर :  ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।
    नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्नुहुन नगरवासीलाई अनुरोध गरे ।
    तोकिएको हटलाइनमा बिमारीका फोन नं। प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछ ।
    चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्छन् । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।
    महानगरभित्र करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् । रासस


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com