काठमाडौं : नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई बिना कसुर पक्राउ गरेर निजी क्षेत्रलाई आतंकित बनाउने कार्य गरेको आरोप लगाएकी हुन् ।
उनले रिसेड्युल एसेट र लेक्विडेसनसम्बन्धी विषयमा प्रचलित कानुन तथा बैंकिङ प्रणालीको मर्म नबुझी बैंकका सीईओमाथि आक्षेप लगाएर पक्राउ गर्नु कानुनको मर्मविपरित रहेको भन्दै निन्दा गरिन् ।
उनले बचतकर्ताको निक्षेप परिचालन गर्ने बैंक नेतृत्वलाई नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्ति कसको हो भन्ने प्रश्नकै आधारमा पक्राउ गर्नु गैरकानुनी भएको बताइन् ।
उनले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने काम गरिरहेको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘केही दिनअघि इनभेस्टमेन्ट मेघा बैंकको सीईओलाई प्रहरीले समात्यो । आरोप के छ भने लेक्विडेसनमा गएको रिसेड्युल एसेट कसको हो भनेर सीईओले भन्नुपर्ने । तर बैंक र प्रचलित कानुनको हिसाबले के भन्छ भन्ने कुराको हेक्का नभई जनता र बचतकर्ताको ऋण प्रवाह गर्ने सीईओ र त्यसको संरक्षण गर्ने सीईओलाई सम्पत्ति कसको हो र प्राथमिकता कसको हुन्छ भनेर कुरिबस्नुपर्छ जस्ता आक्षेप र लञ्छानाले बैंक का सीईओ समात्ने र निजी क्षेत्रलाई आतंकित गर्ने, काम गर्न नदिने जे आतंक सरकारले सुशासन र प्रभावकारी सेवा प्रवाहको नाममा गरिरहेको छ यो निन्दनीय छ । तर्साएर शासन गर्ने दिन ढिलो चाँडो जान्छ । त्यसैले यसमा ध्यान दिएर सरकारले प्रचलित कानुनको हेक्का राखोस् ।’
उनले प्रचलित कानुनको हेक्का राख्न समेत सरकारलाई चेतावनी दिइन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी