logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रहरी हवल्दार ५० हजार घुस सहित पक्राउ

    प्रहरी हवल्दार ५० हजार घुस सहित पक्राउ

    महिला मुक्ति
    १३ बैशाख २०८३
    288
    Shares

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।
    आयोगका अनुसार विष्णु थापा क्षेत्रीले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com