logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ४० हजार घुससहित : सशस्त्र प्रहरी निरीक्षक पक्राउ

    ४० हजार घुससहित : सशस्त्र प्रहरी निरीक्षक पक्राउ

    महिला मुक्ति
    २० चैत्र २०८२
    315
    Shares

    जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई आज बिहान लालगढबाट घुससहित पक्राउ गरेको जनाएको छ  ।

    अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

    उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com