एजेन्सी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना परमाणु हतियार नत्यागे उसले आफ्नो देश नै गुमाउनुपर्ने चेतावनी दिएका छन्। एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले पूर्ण रूपमा ध्वस्त भएको र उसले आफ्नो आणविक महत्त्वाकांक्षा त्याग्नुको विकल्प नरहेको बताएका हुन्।उनले इरानी नेताहरूले परमाणु हतियार त्याग्ने र अमेरिकाले चाहे अनुसारका सबै सर्तहरू मान्ने विश्वास व्यक्त गरे। यदि त्यसो नगरे इरान एउटा देशको रूपमा अस्तित्वमा नरहने र उसको नक्सा नै मेटिन सक्ने ट्रम्पको भनाइ थियो। उनले इरानले परमाणु धुलो अमेरिकालाई बुझाउनुपर्ने र त्यसपछि मात्र इरान फेरि एउटा राम्रो देश बन्न सक्ने बाटो खुल्ने उल्लेख गरे।इरानसँगको सम्झौताका बारेमा बोल्दै ट्रम्पले निकै छिटो सकारात्मक नतिजा आउन सक्ने संकेत गरे। उनले इरानमा सत्ता परिवर्तन भइसकेको दाबी गर्दै अमेरिकाले अहिले पुरानो नभई पूर्ण रूपमा नयाँ समूहसँग वार्ता गरिरहेको बताए।ट्रम्पका अनुसार इरानको पुरानो शासन संयन्त्रका मानिसहरू मारिइसकेका वा समाप्त भइसकेका छन् र अहिलेका नयाँ प्रतिनिधिहरू पहिलेका भन्दा धेरै समझदार देखिएका छन्। उनले मोज्ताबा खामेनी जीवितै रहेको हुन सक्ने भए पनि उनी गम्भीर रूपमा घाइते भएको दाबी गरे। ट्रम्पले इरानसँग प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट वार्ता भइरहेको र इरानी पक्षले धेरै कुराहरूमा सहमति जनाइसकेको जानकारी दिए।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी