logo
  • शनिबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मिथिला क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै

    मिथिला क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै

    महिला मुक्ति
    १० चैत्र २०८२
    306
    Shares

    काठमाडौँ । मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आइतबारदेखि तराई, मधेश र भारत विहारको मिथिलाञ्चल क्षेत्रमा सुरु भएको थियो । साेही पर्वको दोस्रो दिन साेमबार व्रतालुहरुले आ–आफ्ना कुलदेवताको पूजा र सूर्य देवता र छठी मातालाई चैतीछठ पूजाका लागि निम्तो दिँदै खरना पर्व मनाएका थिए ।
    पर्वको तेस्रो दिन मंगलबार साँझ व्रतालुले आ–आफ्ना घरमा गहुँ र चामललाई ओखल, जातो वा ढिँकीमा कुटानीपिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका तथा अन्य विभिन्न खाद्य सामग्रीसहित जलाशय नजिक बनाएको छठ घाटमा पूजा गर्दछन् । उनीहरुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैत छठ समापन हुने भएकाे हाे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com