पोखरा , राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) धादिङबाट गोरखा हुँदै लमजुङको कार्यक्रममा सहभागी हुने प्रचार थियो । उनले धादिङमा गाडीबाटै रोड शो गरेर आशिका तामाङलाई मत मागे । त्यसपछि गोरखा छिरेका उनी केही समय क्षेत्र नम्बर १ का उम्मेदवार सुदन गुरुङसँग बिताए ।
त्यसपछि गोरखकाली दरबार पुगेर उनी सीधै पोखरा आएर बसेका छन् । उनी पोखरा आएको पार्टीको संरचनालाई पनि खासै जानकारी छैन । ‘लमजुङमा कार्यक्रम छ भन्ने सुनेको हो । त्यसपछिको सेड्युल थाहा थिएन,’ एक नेताले भने, ‘तर, उहाँ राती नै पोखरा आएर बस्नुभएको छ भन्ने विहान मात्रै थाहा भयो ।’आज लमजुङमा हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ । उम्मेदवार धर्म केसीका अनुसार पार्टीको बाचापत्र लगायत विभिन्न कामले गर्दा उनी कार्यक्रम स्थगित गरेर फर्किएका हुन् । ‘उहाँको गोरखा, तनहुँ र लमजुङ भ्रमण बाँकी छन् । अहिले व्यस्तताले स्थगित भएको छ,’ उनले भने, ‘गोरखामा पनि हिजो मन्दिर दर्शनका लागि मात्र जानुभएको हो । केही दिनभित्रै फेरी आउनहुन्छ ।’केन्द्रबाट नै शुक्रबार दिउँसो बालेनको भ्रमणबारे खबर पुगेको र साँझ स्थगित भएको खबर आएको उनले बताए । पोखराको चाउथेमा बसेका बालेन आजै भैरहवा उड्ने तयारीमा छन् ।
-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी