काठमाडौँ ,वाईसीएल लगायत तीन वटा युवा सङ्गठनले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति मादुरो दम्पती नियन्त्रणमा लिएको घटनाप्रति भर्त्सना गरेका छन् ।
योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल ) युवा सङ्घ नेपाल र नेपाल समाजवादी युवा सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त आपराधिक घटनाको भर्त्सना गरेका हुन् ।
उनीहरुले अमेरिकी साम्राज्यवादद्वारा भेनेजुएलाको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनतामाथि गरिएको नाङ्गो सैन्य आक्रमण तथा निर्वाचित राष्ट्रपति दम्पतीलाई अपहरण गरी अमेरिका लगिएको आपराधिक घटनाप्रति नेपाली युवा सङ्गठनहरू घोर आपत्ति जनाउँदै कडा भर्त्सना गरेका हुन् ।
‘यो घटनाले अमेरिकी साम्राज्यवादको दादागिरी पूर्ण चरित्र र अन्तर्राष्ट्रिय कानुनप्रतिको तिरस्कारलाई स्पष्ट रूपमा उजागर गरेको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता एकपक्षीय र हस्तक्षेपकारी कार्यहरू संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरूबिचको समानान्तर सह–अस्तित्वको सिद्धान्तको ठाडो उल्लङ्घन हुन्, जसले विश्वशान्ति र मानवअधिकारलाई गम्भीर खतरा पुर्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै उनीहरुले अमेरिकालाई यस्ता अवैध र आक्रामक गतिविधि तुरुन्त बन्द गर्न माग समेत गरेका छन् । अन्तर्राष्ट्रिय समुदायलाई उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन युवाहरूको आग्रह छ ।

-
पत्रकारहरूमाथि प्रहरीको धरपकड
-
सरकारद्धारा एन -प्याब्सन निलम्बित
-
बद्रीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाग्रस्त
-
एनपीएल जनकपुर बोल्ट्सद्धारा :मधेशका महिलालाई सेनेटरी प्याड वितरण
-
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी