logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    साउदी विमानस्थलमा : हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

    साउदी विमानस्थलमा : हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा

    महिला मुक्ति
    २५ असोज २०८३
    171
    Shares

    संयुक्त राष्ट्रसङ्घ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले गरेको आक्रमणको निन्दा गर्नुभएको छ । महासचिव गुटेरेसले आइतबार जारी गर्नुभएको विज्ञप्तिमा उक्त आक्रमणबाट आफू स्तब्ध भएको उल्लेख गर्दै त्यसको कडा निन्दा गर्नुभएको हो ।
    आक्रमणमा १२ जनाको मृत्यु भएको र सयौँ सर्वसाधारण घाइते भएको बताइएको छ । सर्वसाधारण नागरिक र उनीहरूका पूर्वाधारमाथि गरिने आक्रमण अन्तरराष्ट्रिय कानुनको उल्लङ्न भएको उल्लेख गर्दै उहाँले यस्ता आक्रमण तत्काल रोक्न आह्वान गर्नुभएको छ ।  – राससरसिन्ह्वा


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com