logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुदूरपश्चिम सरकारले ३७ अर्ब ७० करोडको बजेट ल्यायो

    सुदूरपश्चिम सरकारले ३७ अर्ब ७० करोडको बजेट ल्यायो

    महिला मुक्ति
    २५ असोज २०८३
    189
    Shares

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख बराबरको बजेट ल्याएको छ । नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले चालु वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
    मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको आकारमै बजेट प्रस्तुत गरे । सरकारले स्रोत व्यहोर्ने शिर्षकमा आन्तरिक राजश्व परिचालन एक अर्ब ७२ करोड, नेपाल सरकारबाट प्राप्त हुने १० अर्ब २४ करोड, संघीय रोयल्टी बाँडफाँडबाट ७ करोड, नेपाल सरकारको वित्तीय समानीकरण अनुदान ९ अर्ब ६ करोड ३३ लाख र अघिल्लो आर्थिक वर्षबाट बचन हुने ९ अर्ब ३५ करोड र संघीय सर्शत अनुदानबाट छ अर्ब ३ करोड अनुमान गरिएको छ ।
    संघीय समपूरक अनुदानबाट ३८ करोड र विशेष अनुदानबाट ५२ करोड अनुमान गरिएको छ । तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट प्रदेश सभाबाट पारित हुन नसकेपछि एमाले र नेकपाको गठबन्धन सरकार बनेको थियो ।
    एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेको दुई महिनापछि बजेट आएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com