logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सरकारद्धारा आजदेखि ३१ असोजसम्म ६ वटा ठाउँबाट : ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था

    सरकारद्धारा आजदेखि ३१ असोजसम्म ६ वटा ठाउँबाट : ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था

    महिला मुक्ति
    २५ असोज २०८३
    180
    Shares

    काठमाडौं : दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव नहोस् भनेर सरकारले आज बिहानदेखि ६ वटा फरक–फरक ठाउँबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ ।
    सरकारले ग्यास उद्योगी तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय र विक्रेता महासंघसँग समन्वय गरी आजदेखि ३१ असोजसम्म उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको ग्यास लिन पाउने नियम बनाइएको छ ।
    नयाँ व्यवस्था अनुसार फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन,केवल भरिएको ग्यासको तोकिएको मूल्यमात्र बुझाए पुग्छ ।
    जुनसुकै ब्रान्डको ग्यास साटेर भरी सिलिन्डर किन्न पाइने भएपछि एक सिलिन्डर ग्यास पाउनकै लागि उपभोक्ता बिहानैदेखि लाइनमा लागेका छन् ।
    नेपाल एलपी ग्यास उद्योग संघका अनुसार संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रमा फरक–फरक ब्रान्डका ग्यास उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।
    यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुर हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।३१ असोजसम्म बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ ।
    दसैंका बेला सिलिन्डर साट्दा अतिरिक्त रकम नलाग्ने हुँदा उपभोक्तालाई ठूलो राहत मिल्ने संघ अध्यक्ष दिवान चन्दले बताएका छन् ।
    उनले लाइनमा उभिएका सबै उपभोक्तालाई ग्यास दिएरै पठाउने प्रयास गरिने बताएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com