logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

    दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला

    महिला मुक्ति
    २३ असोज २०८३
    135
    Shares

    काठमाडौं : दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन बसेका थिए ।
    यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
    केही जिल्लाका यात्रु भने विहीबार रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् । नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरुका यात्रुहरु विहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइन लागेका थिए ।
    दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ काउन्टर थप गरेको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com