logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    पर्यटन बोर्डले लिङ्गे पिङ निर्माणमा १५ लाख बजेट विनियोजन

    पर्यटन बोर्डले लिङ्गे पिङ निर्माणमा १५ लाख बजेट विनियोजन

    महिला मुक्ति
    २२ असोज २०८३
    225
    Shares

    काठमाडौं  : नेपाल पर्यटन बोर्डले दसैंका अवसरमा लिङ्गे पिङ निर्माण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
    देशका विभिन्न स्थानमा १ सय वटा पिङ निर्माण गर्न बोर्डले बजेट सहयोग गर्ने गरी चालु आवको बजेटमा व्यवस्था गरेको छ । यस वर्ष पर्यटन सम्पदा विकासतर्फ बोर्डले भारततर्फका विभिन्न नाकामा नमस्ते सेन्टर वा सोही प्रकृतिको सूचना केन्द्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि १ करोड २० लाख रुपैयाँ बजेट राखेको छ ।
    संखुवासभा शिवाधारा पदमार्गको बेसक्याम्पदेखि हाई क्याम्प जोड्न सुरक्षित पदमार्ग बनाउन बजेट राखिएको छ । खप्तडमा पर्यटक घर उद्घाटन र सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।
    बडीमालिकामा पर्यटकीय सेल्टर निर्माण र सञ्चालन गर्नसमेत बजेट विनियोजन गरिएको छ । बोर्डले सगरमाथा आरोहणको वैकल्पिक मार्ग विकासमा ३० लाख बजेट राखेको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com