काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा गगन थापा पक्षको आजबाट सुरु हुने १५औँ महाधिवेशनमा नजाने भएका छन् । कांग्रेसले पूर्व सभापति देउवालाई महाधिवेशनमा निमन्त्रणा गरेको थियो । गगन पक्षले १५औँ महाधिवेशन उद्घाटन गर्न निवर्तमान सभापति देउवालाई हिजो (शनिबार) औपचारिक निम्ता दिएको थियो ।
महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आग्रह गर्दै सभापति गगन थापाको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर शनिबार सहमहामन्त्री योगेन्द्र चौधरीलगायत नेताहरु देउवा निवास महाराजगञ्ज पुगेका थिए ।
पार्टी सभापति गगन कुमार थापाले पठाएको निमन्त्रणा देउवाकोमा पुगे पनि उनी महाधिवेशनमा उपस्थित हुने कुनै कार्यसूची र कार्यक्रम नरहेको नेता डा. प्रकाश शरण महतले जानकारी दिए ।
पूर्वसभापति देउवालाई निम्तो आएछ उद्घाटन सत्रमा जानुहोला नि भन्ने प्रश्नमा महतले भने, ‘मसँगको कुराकानीमा कुनै पनि उद्घाटन सत्रको निम्तो मान्न जाने कुरा भएको छैन। त्यसकारण उहाँ आउनुहुन्छ भनेर कुप्रचार गरिरहेको छ देउवा दाइ गगनजीहरूको उद्घाटनमा जानुहुन्न ।’
समानान्तर गतिविधि बढाइरहेको देउवा पक्षले गगन थापालाई कांग्रेसको सभापति स्वीकार गरेको छैन । देउवा चौधौँ महाधिवेशनबाट कांग्रेसको सभापति चुनिएका थिए ।
त्यसबेला महामन्त्रीमा विश्व प्रकाश शर्मा र गगन थापा आएका थिए । तर जेनजी आन्दोलन पछि गत पुस अन्तिम साता कांग्रेसले विशेष महाधिवेशन गरेर थापालाई सभापति बनाएको थियो । तर देउवा पक्षले सो महाधिवेशन स्वीकार गरेको छैन।
अधिकांश नेताहरू अहिले गगन थापा संस्थापन पक्षले गरेको पन्ध्रौं महाधिवेशनमा सहभागी भएका छन् । तर देउवा पक्षका नेता मानिने कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक, विमलेन्द्र निधि लगायतहरू देउवासँगै छन्।
देउवा पक्षले पनि यही असोज १५ गतेबाट छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ । केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तय गरिएको छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क