logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नाबालिक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    नाबालिक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

    महिला मुक्ति
    १५ असोज २०८३
    180
    Shares

    काठमाडौं : नाबालिक छात्रालाई परीक्षामा पास गराइदिन्छु भन्दै बालयौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ घर भई हाल रामेछाप गाउँपालिकामा अध्यापन गराउने ४८ वर्षीय शिक्षक नवराज भण्डारी रहेको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनीमाथि आफैले अध्यापन गराउने १३ वर्षीय छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ ।
    परीक्षामा पास गराइदिन्छु भन्दै फकाएर संवेदनशील अंग छुने, चिमोट्ने, फेसबुक मेसेन्जरमा अश्लील फोटो, भिडिओ तथा मेसेज पठाई यौनजन्य क्रियाकलाप गरी पटक–पटक बालयौन दुरुपयोग गरेको आरोप रहेको जिप्रका रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कमल राउतले बताएका छन् ।
    उनलाई बुधबार पक्राउ गरी रामेछाप जिल्ला अदालतबाट ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com