logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रहरीको नियन्त्रणबाट छुटे पूर्वप्रधान न्यायाधीश जबरा

    प्रहरीको नियन्त्रणबाट छुटे पूर्वप्रधान न्यायाधीश जबरा

    महिला मुक्ति
    ११ असोज २०८३
    180
    Shares

    काठमाडौँ : पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुटेपछि घरमै गएका छन् । जबराले आफूलाई घरमै ‘सुरक्षित हुन्छ’ भनेपछि आइतबार उनलाई महाराजगञ्जस्थित घरमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
    गएराति १२ बजेतिर प्रहरीले उनलाई घरबाट नियन्त्रणमा लिएर टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो । सुरक्षा चुनौतीका कारण उनलाई नियन्त्रणमा लिएको दाबी गरेको प्रहरीले अहिले उनको घरमा थप सुरक्षा प्रबन्ध गरिएको बताएको छ । एसएसपी खडकाले भने,‘पहिले पनि उहाँलाई सुरक्षा प्रदान गरिएको थियो,अहिले थप सुरक्षा प्रबन्ध गरिएको छ।’
    सरकारले यसअघि उनलाई घरको पेरिमिटर सुरक्षामा सशस्त्र र नेपाल प्रहरीको पीएसओ उपलब्ध गराउँदै आएको थियो । जेनजी युवाहरूको थ्रेटका कारण उनलाई गएराति अचानक सुरक्षा चुनौती बढेको सुरक्षा अधिकृतहरू बताउँछन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com