काठमाडौँ : अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातको समयमा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।
बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । बाढी, पहिरो र डुबान जस्ता जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न रातको समयमा राजमार्ग बन्द गरिएको धादिङका प्रजिअ लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह