logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    नेपाली सेनाका प्रधानसेनापति सिग्देल चीन प्रस्थान

    नेपाली सेनाका प्रधानसेनापति सिग्देल चीन प्रस्थान

    महिला मुक्ति
    २८ भाद्र २०८३
    288
    Shares

    काठमाडौँ : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डाले प्रधानसेनापति सिग्देल
    आज २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहने बताएको छ ।
    भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औं बेइजिङ स्याङसन फोरममा सहभागी हुने बताइएको छ ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले उनलाई बिदाई गरेका थिए ।
    भ्रमणले दुई देशको सैनिक सम्बन्ध बिस्तार हुने र सैनिक कुटनीतिकमार्फत नेपालको परराष्ट्र नीतिलाई समृेत योगदान पुग्ने बताइएको छ । उनी भ्रमणमा रहेको बेला बलाधिकृत रथीले केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com