logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ग्यास आपूर्ति सहज नबन्दा महँगी र कालोबजारीको मारमा उपभोक्ता

    ग्यास आपूर्ति सहज नबन्दा महँगी र कालोबजारीको मारमा उपभोक्ता

    महिला मुक्ति
    २७ भाद्र २०८३
    279
    Shares

    काठमाडौँ — गत फागुनमा पश्चिम एसियामा द्वन्द्व चर्किएपछि सुरु भएको ग्यास अभाव अझै मत्थर भएको छैन । बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ ।
    ग्यास अभावको समस्या समाधान गर्न सरकारले ९ फागुन २०८२ देखि आधा सिलिन्डर ग्यास (७ .१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो । तर पछि बिस्तारै सहज हुन थालेको भन्दै गत ३१ असारबाट सरकारले पूरा सिलिन्डर (१४.२ किलो) ग्यास वितरण सुरु गर्‍यो । तर, त्यसयता पनि बजारमा ग्यासको अभाव टरेको छैन ।
    व्यवसायी भने बाढीपहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिमाणसमेत घटेपछि आपूर्तिमा थप दबाब परेको बताउँछन् । पछिल्लो समय बजारमा ग्यासको माग (खपत) बढिरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ ।
    सरकारले आधा सिलिन्डर ग्यास वितरण गर्न थालेसँगै भारतबाट नेपाल भित्रिने ग्यास परिमाण पनि घटेको थियो । त्यति बेलादेखि नै भारतबाट नेपाल आउने ग्यास आयातको परिमाण क्रमिक रूपमा घटेको नेपाल आयल निगमको तथ्यांक छ । गत फागुनमा ५१ हजार १ सय ९ टन ग्यास आयात भएको थियो । चैतमा ३८ हजार ८ सय, वैशाखमा ३२ हजार ५६ र जेठमा ३२ हजार ८ सय ४२ टन ग्यास आयात भएको निगमले जनाएको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com